Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


एएफसी यु–२३ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको प्रशिक्षण सुरु


0
Shares

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)मा सुरु भएको बन्द प्रशिक्षणको प्रारम्भिक चरणमा ३४ सदस्यीय खेलाडीलाई सहभागी गराइएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले राससलाई जानकारी दिए ।

उनकाअनुसार प्रशिक्षणमा राष्ट्रिय टोलीमा रहेका खेलाडी, ‘ए’ डिभिजन क्लब तथा मोफसलका प्रतिभावान् खेलाडी समावेश गरिएको छ ।

यही असार ३१ गतेदेखि सुरु हुने खेलमा नेपाल समूह ‘डी’मा परेको छ । नेपालको समूहमा आयोजक युएई, लेबनान र उज्वेकिस्तान छन् ।

नेपालले आफ्नो पहिलो खेल असार ३१ गते आयोजक युएईसँग खेल्नेछ । त्यसैगरी, साउन २ गते उज्वेकिस्तानसँग दोस्रो तथा समूह चरणको अन्तिम खेल साउन ४ गते लेबनानसँग उसले प्रतिस्पर्धा गर्नेछ ।

छनोट चरणका सम्पूर्ण खेल युएईस्थित अल आइन सहरको ताह्नोन बिन मोहम्मद रंगशालामा हुनेछ ।

यसअघि, सन् २०१५ मा इरानमा भएको समूहको छनोट खेलमा चार खेल खेलेको नेपाल सबै खेलमा पराजित भएको थियो । त्यतिबेला नेपालले एक गोल पनि गर्न सकेको थिएन ।

समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपमा अन्तिम चरणका लागि छनोट हुनेछ ।

त्यस्तै, दोस्रो स्थानमा रहने शीर्ष पाँच टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । उक्त च्याम्पियनसिपमा १६ टोली उपाधिका लागि भिड्नेछन् ।

४० राष्ट्रको सहभागिता रहेको उक्त छनोट खेलमा सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । रासस

Skip This