Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


सिके राउत र महन्त ठाकुरबीच गोप्य मन्त्रणा, सहकार्यको सम्भावना


0
Shares

यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसमा सहकार्यको सम्भावना खोजिएको पुष्टी दुवै पक्षले गरेका छन् ।

स्वतन्त्र मधेस गठबन्धनका सहसयोजक कैलाश महतोले संयोजक राउतसँग ठाकुर मात्र होइन, नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतसँग पनि सहकार्यको प्रस्ताव राख्दै धेरैपटक लिखित प्रस्तावसमेत पठाएका छौं ।’

चुनावक्रममा मधेसवादी दलवीच राउतलाई भेट्ने र चुनाव पकड मजवुत गराउने प्रतिस्पर्धा नै रहेको सम्बद्ध स्रोतले बताएको छ ।

स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक महतोले भने, ‘हामीले राजपासँग मधेसको मुद्दामा क्लियर भएर आउनुहोस, एक भएर अघि बढौं भन्ने प्रस्ताव गरेका छौं । उहाँहरु सत्तास्वार्थका कारण क्लियर हुनुहुन्न ।’

एक प्रश्नको उत्तरमा महतोले राजपा मात्र नभई फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा राजपामा सम्बद्ध ६ मधेसवादी दललाई समेत स्वतन्त्र भएर मधेसको मुद्दामा सहकार्य गर्न आग्रह गरेको जानकारी दिए । -अन्नपूर्ण पोष्ट दैनिकबाट