४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


कस्मिरमा चरमपन्थीद्वारा प्रहरीको गाडीलाई छेकेर आक्रमण, ६ जनाको मृत्यु


0
Shares

अनन्तनाग जिल्लाको अच्छाबल इलाकामा भएको चरमपन्थी आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।

श्रीनगरबाट करिब १ सय ६० माइल टाढा चरमपन्थीहरुले प्रहरीको गाडिलाई छेकेर आक्रमण गरेका थिए ।

घटनास्थलमै ६ जना प्रहरीको मृत्यु भएको हो । चरमपन्थीहरुले मृतक प्रहरीसँग रहेका हतियारसमेत लिएर भागेका छ । यो घटनाको जिम्मेवारी लस्कर–ए–तैयबले लिएको छ ।

यसअघि सुरक्षाकर्मी र चरमपन्थीबीच कुलगाम जिल्लाको अरवणी इलाकामा सात घण्टासम्म भिडन्त भएको थियो ।

घटनामा दुई जना सर्वसाधारणको मृत्यु भएको थियो । घटनापछि सरकारले दक्षिण कस्मिरका सबै विद्यालय आजका लागि बन्द गर्न आदेश दिएको छ ।(एजेन्सी)