
नेसोङ गाउँपालिका वडा नम्बर ४ हुम्डेस्थित विद्यालयमा विद्यार्थी संख्या शून्य हुँदा सबै कक्षा कोठा बन्द गरेर राखिएको छ ।
विद्यालयका प्रधानाध्यापक रुद्रनाथ पौडेलले दुई वर्षअघि विद्यार्थी भए पनि अभिभावकले आवासीय विद्यालयमा भर्ना गराइदिएकाले आफ्नो विद्यालयमा विद्यार्थी नभएको बताए ।
विद्यालयमा शिक्षक र कार्यालय सहयोगी गरी १० जनाको दरबन्दी रहेकोमा हाल दुई शिक्षक, एक बालविकास सहजकर्ता र एकजना कार्यालय सहयोगी कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्