२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौं महानगरका मेयरलाई देवी नाचको संरक्षण गर्न माग


0
Shares

समितिले काठमाडौंमा कार्यक्रम गरी महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर १८, २०, २४ र २५ का जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिएको हो ।

समितिले जनप्रतिनिधिलाई बधाईसँगै ज्ञापनपत्रसमेत बुझाएको छ ।

ऐतिहासिक इन्द्रजात्राका अवसरमा किलागलमा देखाइने देवी नाचको तत्काल संरक्षण गर्नुपर्ने माग गर्दै समितिले नवनिर्वाचित जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएको हो ।

देवी नाचको संरक्षण गर्ने भरपर्दो सहयोग नभएकाले लोप नै हुन लागेको भन्दै समितिले यसको दीर्घकालीन संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।