
बेपत्ता भएकाहरुको अवस्था छानबिनका लागि भन्दै पटक–पटक प्रतिबद्धता जनाएपनि कार्यान्वयन हुन नसकेको उनीहरुको गुनसो छ ।
२०५९ सालमा बेपत्ता पारिएका विपिन भण्डारी र दिलबहादुर राईको सम्झनामा राज्यद्वारा बेपत्तायोद्धा परिवार समाजले शनिबार राजधानीमा गरेको कार्यक्रममा मानवअधिकारकर्मी दमननाथ ढुंगानाले बेपत्ता भएकाहरुको छानबिनका लागि आयोग बने पनि कुनै काम हुन नसकेको बताए ।
अधिवक्ता तथा बेपत्ता पारिएका विपिन भण्डारीका बाबु एकराज भण्डारीले द्वन्द्वकालमा बेपत्ता भएकाहरुको छानबिनका लागि बनेका आयोगहरुको म्याद सकिन लाग्दा पनि कुनै उपलब्धिमूलक काम नभएको बताए ।
शान्ति–प्रक्रियाको ११ वर्ष परा भइसक्दा पनि बेपत्ता नागरिकको अवस्था सार्वजनिक नहुनु दुखद् भएको उनीहरुको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्