२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘धुवाँ–धुलोबाट नगरवासीलाई मुक्त बनाइने’


0
Shares

                                                                                  फाइल फोटो
ज्यापू महागुठी महानगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा उनले सम्पदास्थल महानगरको पहिचान भएको बताउँदै विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई प्राथमिकता दिइने बताए ।

महानगरमा बढ्दै गएको प्रदूषण, धुवाँ र धुलोबाट नगरवासीलाई मुक्त पार्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका नेता तीर्थराम डंगोलले मापदन्डविपरीत अव्यवस्थितरुपमा सन्चालित सवारी–साधनलाई प्रतिबन्ध गरी सडक विस्तारकाक्रममा अपुरो छाडिएका कार्यलाई चाँडो पूरा गर्न सुझाव दिए ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महानगरलाई स्वच्छ तथा हरियाली बनाउने र युवा सशक्तीकरणका कार्यक्रम ल्याइ उद्यमशीलका योजना कार्यान्वयन गरिने बताइन् ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बाबुराजा महर्जनले प्राचीन महत्व बोकेका सम्पदा तथा स्मारकको संरक्षण तथा प्रवद्र्धन गर्न प्रमुख र उपप्रमुखलाई आग्रह गरे । रासस