२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


घाँटी रेटेर हत्या गरेको अवस्थामा युवकको शव फेला


0
Shares

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका वडा नं १ पर्सा टोल नजिकै रहेको कुटमेश्वरी नदीको २०० मिटर उत्तर नदी किनारमा शव फेला परेको हो ।

नाम, थर, वतन नखुलेको अन्दाजी २५÷३० वर्षीय मधेसी मूलको पुरुष व्यक्तिको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

घटनाबारे जानकारी पाउनासाथ जिप्रका, महोत्तरीबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेका छन् भने घटनाबारे विशेष अनुसन्धान भइरहेको तथा शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याउने तयारी भइरहेको जिप्रका, महोत्तरीले जनाएको छ । रासस