
नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोलामा भित्तो काटिएको ठाउँमा पहिरो खसेको थियो ।
राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पन्छाएर सडक पुनःसञ्चालन गरिएको थियो । सुरुमा सानो पहिरो भए पनि राति ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो ।
पहिरो पन्छाउनका लागि एक एक्साभेटर, दुई लोडर र तीन टिपर परिचालन गरिएको थियो ।
पहिरो पन्छाइएसँगै रातिदेखि सवारी जाममा बसेका गाडी आआफ्नो गन्तव्यतर्फ लागेका छन् । अहिले सडकखण्ड विस्तारको काम भइरहेको छ ।
भित्तो काटेर सडक फराकिलो बनाइएकाले समय समयमा पहिरो खसेर दुःख दिने गरेको छ ।
हाल ठूलो पानी नपरे पनि दुई चार दिनयता परेको पानीका कारण पहिरो खसेको हुन सक्ने अनुमान छ । रासस
प्रतिक्रिया दिनुहोस्