Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


फिफा कन्फेडेरेसन कपमा चिलीले क्यामरुनलाई २-० ले हरायो


0
Shares

अफ्रिकी च्याम्पियन क्यामरुन विरुद्धको खेलमा ल्याटिन अमेरिकी च्याम्पियन चिलीलाई विजयी गराउन अर्टुरो भिडाल र एडुवार्डो भार्गासले एक–एक गोल गरे ।

आइतबार राति भएको अर्को खेलमा युरोपियन च्याम्पियन पोर्चुगल र उत्तर अमेरिका तथा क्यारेबीयन समुहको च्याम्पियन मेक्सिकोले २-२ गोलको बराबरी खेलेका छन् ।

खेलमा २ पटक अग्रता लिएको पोर्चुगलले सम्हालिएर खेल्न नसक्दा अंक बाँड्नुपरेको हो ।

पोर्चुगलका लागि रिकार्डो करेज्मा र सेड्रिक सोआरेसले गोल गरेको खेलमा मेक्सिकोका हेभिएर हर्नान्डेज र हेक्टर मोरेनोले एक–एक गोल गर्दै बराबरी गरेका हुन् ।

कन्फेडेरेशन कप फुटबलमा आज एसियाली च्याम्पियन अष्ट्रेलियाले विश्व विजेता जर्मनीसँग खेल्नेछ ।