सर्लाही । नेपाली कांगे्रसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमतको दम्भमा विवेक नगुमाउन सरकारलाई सुझाव दिएका छन् ।
नेपाल पे्रस युनियन सर्लाही शाखाले आज गरेको पत्रकार सम्मेलनमा कांगे्रसका प्रवक्ता शर्माले बहुमतका आधारमा विवेक कुल्चिएर अघि बढे सरकार अप्ठेरोमा पर्ने चेतावनी दिए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा डा. गोविन्द केसीसँग गरिएका सहमतिविपरीत संसद्मा चिकित्सा शिक्षा विधेयक पारित गरिएकोमा आपत्ति जनाए ।
प्रवक्ता शर्माले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न चासो नदिएको, नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारको घटना लुकाउन खोजेका कारण आफूहरु आन्दोलनमा उत्रनुपरेको समेत बताए ।









प्रतिक्रिया दिनुहोस्