Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


यु–१९ विश्वकप क्रिकेट छनोटका लागि १८ सदस्यीय नेपाली टोली छानिए


0
Shares

आइसीसी एसियाका प्रमुख विकास अधिकृत वैंकटपथी राजु, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दास सम्मिलित टोलीले खेलाडीहरुको छनोट गरेको हो ।

छनोट हुनेमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप सुनार, ललित राजवंशी, पवन सर्राफ, अनिलकुमार साह, किशोर महतो तथा सुशान्त सिंह थापा छन् ।

त्यसैगरी, विक्रमकुमार भुसाल, प्रकाश केसी, सुन्दीप जोरा, राजन ढकाल, प्रनित थापामगर, शाहव आलम, रसिद खान र आदिल खान छनोट भएका छन् ।

जेठ २९ देखि असार ३ गतेसम्म कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सुपर लिगका आधारमा खेलाडीहरु चयन गरिएको हो ।

केही दिनको बन्द प्रशिक्षणपछि अन्तिम १४ खेलाडी तथा चार अतिरिक्त खेलाडीको टुंगो लगाउने पनि जनाइएको छ ।