१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


१५ अगस्टमा भारत भ्रमण गर्ने देउवाको इच्छा


0
Shares

देउवा प्रधानमन्त्री भएलगत्तै भारतले उनलाई भ्रमणको निम्तो दिइसकेको छ । भ्रमणबारे दुई पक्षबीच ठोस तयारी नभए पनि नेपालले उक्त मिति उपयुक्त हुने अनौपचारिक सुझाव भारतलाई दिएको छ ।

भारतले विदेशी सरकारप्रमुखलाई गणतन्त्र दिवसका अवसरमा मात्रै प्रमुख अतिथिको रुपमा डाक्ने गरेको छ । भारतले राजा वीरेन्द्रलाई दुई दशकअघि गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथि बनाएर डाकेको थियो ।

नजिकको छिमेकीका हैसियतले प्रधानमन्त्री देउवाको भ्रमण स्वतन्त्रता दिवसका अवसरमा गराउनु उपयुक्त हुने सुझाव नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेशमन्त्रालयलाई दिएको छ । –नयाँ पत्रिका दैनिकबाट