
भर्जिनियामा रहने ६० वर्षीय केविन मैलरीलाई पक्राउ गरी मुद्दा लगाइएको छ । यसै वर्षको मार्च–अप्रिलमा चीनको सांघाई पुगेर सूचना दिएको आरोप मैलरीमाथि लगाइएको छ ।
शिकागो विमानस्थलमा उनको झोलामा फेला परेको १६ हजार ५ सय डलरको स्रोत पनि उनले खुलाउन नसकेको प्रहरीले जनाएको छ । आरोप पुष्टि भए मैलरीले जेल जानुपर्ने हुन्छ ।
मैलरीमाथि शुक्रबार अदालतमा सुनुवाई हुँदैछ । राष्ट्रिय सुरक्षा मामलाका सहायक न्यायाधिवक्ता डेना जे बमेएन्टेले यसबाट जनताको भरोसा तोड्ने र देशको सुरक्षा खतरामा पार्नेहरुले पाठ सिक्नुपर्ने बताए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्