फाइल फोटो
काठमाडौं, माघ २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकीकरणका बाँकी काम टुंग्याउने विषयमा छलफल हुने बताइएको छ ।
स्थायी कमिटी बैठक बसेको झन्डै डेढ महिनापछि सचिवालयको बैठक बस्न लागेको हो । गत मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणका बाँकी काम टुंग्याउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलभित्रै विवाद भएपछि एकीकरणका बाँकी काम सचिवालयले नै टुंग्याउने भएको छ । बैठकमा पार्टी एकीकरणको बाँकी कामलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्