११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


जेलको भुइँमा पूर्वआजिपीहरु, को–को छन् जेलमा ?


0
Shares

तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरुको सुत्ने कोठा बनेको छ ।

अदालतले भ्रष्टाचारी ठहर गरेपछि विहीबार आफैं उपस्थिति भइ उनीहरु जेल गएका हुन् । तर, डिल्लीबजार जेलमा सुत्ने पर्याप्त ठाउँ छैन् ।

जसका कारण पूर्वआइजिपीहरु लाइब्रेरी कोठामा सुत्न बाध्य छन् । पढ्ने कोठा भएकाले त्यहाँ सुत्ने खाटसमेत छैन् । उनीहरु भूइँमै सुत्छन् ।

को–को छन् जेलमा ?

पूर्वआइजिपीहरु ओमविक्रम राण, हेमबहादुर गुरुङ, पूर्वआइजी दीपकसिहं थाङदेन र पूर्वडिआइजी दीपक श्रेष्ठ सोही कोठामा बस्दै आएका छन् ।

जेलमा नयाँ आउने कैदी बन्दीले सुत्ने ठाउँ पाउँदैनन् । त्यसकारण उनीहरु लाइब्रेरीमै सुत्नुपर्छ । सुत्नका लागि उनीहरुले घरबाट खाट मगाएका छन् ।

‘तत्कालका लागि उहाँहरुलाई लाब्रेरीमा सुत्ने व्यवस्था मिलाएका छौं,’ डिल्लीबजार कारागारका जेलर विष्णु कार्कीले भने,‘अन्य कोठा खाली भएपछि उहाँहरुलाई सार्छौं ।’
डिल्लीबजारस्थित कारागारको क्षमता दुई २० जनाको हो ।

तर, जेलमा पाँचसय ७० कैदी बन्दी छन् । जसकारण उनीहरुले सुत्ने ठाउँसमेत नपाएका हुन् । –नयाँ पत्रिका दैनिकबाट