११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजपा, १४ गतेपछि नयाँ संघर्ष


0
Shares

बर्तमान सत्ता गठबन्धनसँग दुई पटक तीन बुँदे सहमति भएपनि कुनै पनि सहमति कार्यान्वयन नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त आन्दोलन गर्ने तयारीमा जुटेको छ ।

राजपासँगको वार्तामा सरकारले दोस्रो चरणको निर्बाचन अघि थरुहट क्षेत्रमा आफ्ना कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ता र कैदी बन्दीहरुलाई रिहा गर्ने आश्वासन दिएको थियो ।

तर निर्वाचन नजिकिदैं जाँदासमेत मुद्दा फिर्ता नभएको र बन्दीहरुको रिहासमेत नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको राजपाका सहमहामन्त्री राकेश मिश्रले बताए ।

राजपाका प्रवक्ता कृष्णा सिंहले असार १४ गते पछि सरकारबाट समर्थन फिर्ता हुने बताए ।

उनले भने, वर्तमान सरकारले एकापट्टि सहमति पनि गरेको छ अर्कोपट्टी विरोधसभामा गोली पनि चलाएको छ । त्यसकारण अहिलेको सरकारलाई समर्थन दिइराख्नु औचित्य छैन् ।’ –नेपाल समाचारपत्र दैनिक