Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


पैसाका लागि केही नेताले निर्वाचन वहिष्कार गरेको मधेसी जनताको आरोप (भिडियो)


1k
Shares

संविधान संशोधनका लागि संयुक्त संघर्ष गरेका मधेश केन्द्रीत दलहरु अहिले दुई कित्तामा विभक्त छन् । राजपाले निर्वाचन बहिष्कार गरेको छ भने नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम नेपाल चुनावी प्रतिष्पर्धामा होमिएका छन् । यी दुवै पक्ष मतदाताको घर दैलोमा पुगिरहेका छन् तर फरक–फरक मुद्दा लिएर ।

राजपा नेताहरु मतदानमा सहभागि नहुन मतदातासँग आग्रह गरिरहेका छन् भने अन्य दुई दलका नेता आफुलाई भोट माग्न ब्यस्त छन् । मधेशी जनतालाई अधिकार दिन भनेर राजनीति गरिरहेका नेताहरुले तिनै जनताको भावना बुझ्न सकेका छैनन् ।

चुनाव बहिस्कार गर्ने पार्टीको घोषणा राजपाका स्थानीय तहका कतिपय नेताहरुलाई चित्त बुझेको छैन । त्यसैले रुपन्देही र कपिलबस्तु लगायतका जिल्लामा उनीहरुले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । उम्मेदवार मनोयनलाई प्रभावित पार्ने योजनाका साथ राजपाले असार ४ गते तराई मधेस बन्दको आह्वान गरेको थियो, तर बन्दको पर्वाह नगरी उल्लासका साथ उम्मेदवार मनोनयन प्रक्रिया सम्पन्न भयो ।

चुनाव प्रचारप्रसारमा रहेको सहभागिताले पनि मधेशी जनता के चाहन्छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । विकासका लागि चुनाव अपरिहार्य भएको ठहर छ मधेशी जनताको । चुनाव बहिस्कार गर्नु गलत भन्दै उनीहरुले आफुहरु आफ्ना जनप्रतिनिधि चुन्न आतुर रहेको प्रतिक्रिया दिएका छन् ।

मधेसका मतदाता के भन्छन् ? विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्