५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


धुर्मुस–सुन्तलीलाई चितवनमा भब्य स्वागत


0
Shares

चितवन, माघ २० । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई आज चितवनमा भव्य स्वागत गरिएको छ ।

भरतपुर विमानस्थलवाट उनीहरुलाई ¥यालीसहित रंगशाला निर्माणस्थल रामपुर पु¥याइएको थियो । धुर्मुस, सुन्तलीसँगै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह पनि रंगशाला निर्माणस्थल पुगेका थिए । 

उनीहरुलाई ठाउँ ठाउँमा स्थानीय टोल सुधार समितिदेखि आमा समूहहरुले फूलमालाले स्वागत गरेका थिए । भरतपुर महानगरपालिका वडा नं. १५ रहेको २० विगाहा ६ कठ्ठा जग्गामा निर्माण हुने जमिनमा कलाकार धुर्मुसले आफैं डोजर लगाउन शुरु गरेका थिए ।

आगामी ६ महिनाभित्र डीपीआर बनाएपछि रंगशाला निर्माणको काम अघि बढ्ने र सँगसँगै जमिन सम्याउने काम पनि गरिने जनाइएको छ ।