Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


जर्मनी र चिली सेमिफाइनलमा प्रवेश


0
Shares

गएराति भएको समूहको अन्तिम खेलमा अफ्रिकी च्याम्पियन क्यामरुनलाई ३–१ ले हराउँदै विश्व विजेता जर्मनी सेमिफाइनलमा पुगेको हो ।

यही समूहको अर्को खेलमा अस्ट्रेलियासँग १–१ गोलको बराबरी खेल्दै ल्याटिन अमेरिकी च्याम्पियन चिली पनि सेमिफाइनलमा पुगेको छ ।

गएरातिका खेलपछि रुसमा जारी कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । बुधबार हुने पहिलो सेमिफाइनलमा चिली र पोर्चुगल भिड्नेछन् भने बिहीबार जर्मनीले मेक्सिकोसँग दोस्रो सेमिफाइनल खेल खेल्नेछ ।