२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


हत्या गर्ने दुईजना पक्राउ


0
Shares

पक्राउ पर्नेमा नवलपरासी, मध्यविन्दु नगरपालिका–१० अरुणखोला बस्ने २१ वर्षीय लक्ष्मण परियार र सोही स्थानका २० वर्षीय नारायण विक रहेका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गरी अभियुक्तद्वयलाई सार्वजनिक गरेको हो ।

गत जेठ ४ गते मध्यराति गंगासागर महतोको घरमा डकैतीकाक्रममा उनीहरुले हानेको गोली लागेका घरधनी ३२ वर्षीय महतोको उपचारकाक्रममा मृत्यु भएको थियो ।

प्रहरीले उनीहरुको साथबाट ८३ हजार १ सय ४० रुपैयाँ नगद, ६ थान गोलीसहित एउटा पेस्तोल, घटनामा प्रयोग भएको एउटा ह्याम्मर, मोटरसाइकलको सकर रड, खुकुरी, चक्कु र पेचकस एक/एकथान बरामद गरेको छ ।

मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले अभिक्तहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।