Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


काठमाडौं महानगरपालिकाद्वारा नयाँ परियोजना सन्चालनमा


0
Shares

तीन वर्षे परियोजना युरोपियन युनियनको ८० प्रतिशत र महानगरपालिकाको २० प्रतिशत साझेदारीमा सन्चालन हुनेछ ।

मंगलबार टेकुस्थित फोहर संकलन केन्द्रमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य तथा नेपालस्थित युरोपियन युनियनका राजदूत रेन्सजे टेरिन्कले संयुक्तरुपमा परियोजनाको थालनी गरेका हुन् ।

परियोजनाअन्तर्गत् जैविक मल, ग्यास तथा बिजुली उत्पादन गरिनेछ ।

परियोजन सन्चालनपछि वार्षिक २ हजार ५ सय टन बराबरको कार्बनडाई अक्साइड ग्यास उत्सर्जनमा कमी हुने अपेक्षा राखिएको छ ।

सहरमा उत्पादित घरेलु फोहर संकलन, ढुवानी र ल्यान्डफिल्ड साइटमा व्यवस्थापन गर्ने कामलेमात्र फोहरमैला व्यवस्थापनको दीगो समाधान नहुने भएकाले यो परियोजना सन्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ ।