Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


सप्तरीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुईजनाको मृत्यु


0
Shares

मृत्यु हुनेमा सुनसरी, इनरुवा नगरपालिका–३ निवासी ४५ वर्षीया मञ्जु काफ्ले र मोरङ, लेटाङ नगरपालिका–४ निवासी ५० वर्षीया जलतासरी राई रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

उनीहरुको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकाक्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२ख २७४१ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा३ख ८६६८ नम्बरको माइक्रोबस ठोक्किएका थिए । रासस