Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


अमेरिकी आग्रह गैरजिम्मेवार अभिव्यक्ति र आन्तरिक मामिलामा हस्तक्षेप : चीन


0
Shares

चिनियाँ विदेश मन्त्रालयले राजधानी बेइजिङ्मा मंगलबार (आज) आयोजना गरेको नियमित पत्रकार भेटका क्रममा अमेरिकाले सोमबार (हिजो) दिएको अभिव्यक्तिका विषयमा सोधिएको प्रश्नमा प्रवक्ता छाङ्ले सो प्रतिक्रिया दिएका हुन् ।

चीन सरकारको थुनामा रहेका नोवेल शान्ति पुरस्कार बिजेता चिनियाँ नागरिक लिउलाई सोमबार उपचारका लागि रिहा गरिएको थियो । उनलाई क्यान्सररोग देखिएकोले उपचारका लागि रिहा गरिएको थियो ।

उक्त अमेरिकी अभिव्यक्तिका बारेमा पत्रकारले सोधको एक प्रश्नको जवाफमा उनले भने–‘चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न तथा कुनैपनि प्रकारको गैरजिम्मेवार अभिव्यक्ति दिन कसैलाई अधिकार छैन ।’

प्रवक्ता लुले भने– ‘चीन कानुनी शासन भएको देश हो र यहाँ सबै नागरिक कानुनको अगाडि समान छन् । जुनसकै देशले पनि चीनको यो न्यायिक सम्प्रभुताको सम्मान गर्नुपर्छ र कुनै व्यक्तिगत मुद्धालाई उदाहरण बनाएर टिप्पणी गर्नु राम्रो होइन ।’ रासस/एएफपी