आफ्नो घर–पसिरमा मारिएकी महिलाको विषयमा फुदुङले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मंगलबार स्थानीयले उनीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट फुदुङको टाउको फुटेको छ ।
इटहरी–४ स्थित उनको घर रहेको विशाल बगैंचाबाट सोमबार एक महिला मृत अवस्थामा फेलापरेकी थिइन् । बगैंचामा माछापाल्ने पोखरीछेउबाट ३० वर्षीया रन्जु ठकुरीको शव भेटिएको थियो ।
स्थानीयवासीले महिलाको शव भेटिएको विषयमा जवाफ माग्दा ‘जवाफ खोज्न अदालत जानू’ भन्ने ठाडो जवाफ दिएको भन्दै स्थानीय आक्रोशित भएका थिए ।
आक्रोशित स्थानीयवासीले फुदुङलाई पक्राउ गर्न माग गरेका थिए । तर, प्रहरीले फुदुङलाई पक्राउ नगरेपछि स्थानीयले फुदुङको घर पुगेर उनलाई कुट्दै नियन्त्रणमा लिएका हुन् । त्यसपछि प्रहरीले उनको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्था पुर्याएका थिए ।
इटहरी–४ माफुदोङको ठूलो क्षेत्रफलमा फैलिएको बगैंचाभित्र फुदुङको घर रहेको छ ।
उक्त ठाउँमा केही समयअघि मनशान्त रिसोर्टसमेत सन्चालनमा ल्याइएको थियो । उक्त रिसोर्टमा काम गर्ने महिला सोमबार मृत भेटिएकी हुन् ।
पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको भएपनि स्थानीयले भने फुदुङमाथि हत्याको आरोप लगाएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्










प्रतिक्रिया दिनुहोस्