Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


महिला विश्वकप क्रिकेटमा इंग्ल्यान्डले बनायो पाकिस्तानविरुद्ध ३७७ रन


0
Shares

इंग्ल्यान्डमा जारी विश्वकपको पाँचौं खेलमा इंग्ल्यान्डले मंगलबार पाकिस्तानविरुद्ध ७ विकेटको क्षतिमा ३७७ रन बटुलेको हो । यो महिला विश्वकपमा दोस्रो ठूलो योगफल हो ।

यसअघि, सन् १९९७ मा भारतमा भएको महिला विश्वकपमा इंग्ल्यान्डले पाकिस्तानविरुद्ध नै २ विकेटको क्षतिमा ३७६ रनको बनाएको थियो ।

अष्ट्रेलियाले सन् १९९७ मै डेनमार्कविरुद्ध ३ विकेटको क्षतिमा बनाएको ४१२ रन महिला विश्वकपमा अहिलेसम्मको सर्वाधिक योगफल हो ।

इंग्ल्यान्डले मंगलबार कीर्तिमानमा सुधार गर्नेक्रममा तेस्रो विकेटका लागि २१३ रनको साझेदारी गरेकी नाताली सिभरले १३७ तथा कप्तान हिथर नाइटले १०६ रन बनाइन् ।