आक्रमणकारीले बम हान्नासाथ प्रहरी हवल्दार दुर्गाबहादुर रानाले ज्यानको जोखिम मोलेर त्यसलाई आफ्नो हत्केलामा थाप्दै सुरक्षित ठाउँमा फालेका हुन् ।
मतदान सुरु भएको तीन घन्टापछि दुई आक्रमणकारीहरुले मतदान केन्द्र रहेको स्कुलको पर्खालबाहिरबाट प्रहरीलाई लक्षित गर्दै सुतलीबम फ्याँकेका थिए ।
त्यसरी बम फ्याँकेको देख्नासाथ मतदान केन्द्रमै खटिएका प्रहरी हवल्दार रानाले त्यसलाई हत्केलामा समातेर मतदान केन्द्रभन्दा ५० मिटर पर फालेका थिए ।










प्रतिक्रिया दिनुहोस्