Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


सुन्नोस्, असारेभाका, हेर्नोस्, काठमाडौं–रसुवा–केरुङ जोड्ने बाटोमै रोपियो धान (भिडियो)


0
Shares

असारेभाकामात्र होइन, कतिपयले हिलाम्मे बाटोमै धान रोपेर सडकको दूर्दशाप्रति व्यंग गरेका छन् ।

काठमाडौंका कृषकले परम्परागत असारेभाका हालेर छिपछिपे हिलोमा धान रोपेर असार १५ मनाएका छन् । काठमाडौंको टोखा नगरपालिकामा कृषकहरुले असारेभाकामा धान रोपेका हुन् ।

उनीहरुले खेतमा धान रोपेर असार १५ मनाएकामात्र छैनन्, सरकारी बेवास्ताले बिग्रिएर हिलाम्मे बनेको काठमाडौं–रसुवा–केरुङ जोड्ने बाटोमा पनि धान रोपेर सरकारलाई आफ्नो दुःख देखाएका छन् ।

यस वर्ष बेलैमा मनसुन सुरु नहुँदा कृषकमा त्यति रौनक देखिएको छैन । आकाशेपानीको भर पर्नुपर्दा असार १५ हुँदा पनि सबैले आफ्नो खेतमा धान रोप्न नपाएको टोखाका कृषक बताउँछन् ।

खेतीयोग्य जमिन नासिँदै गएकाले पनि उपत्यकामा विगतमाजस्तो उल्लासका साथ रोपाइँ हुन छाडेको कृषक बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक हेर्नुहोस्