Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


म्यादी प्रहरी तमोर नदीमा बगेर बेपत्ता


0
Shares

                                                                                  फाइल फोटो
धनकुटाको मौनाबुधक घर भएका सचिन लिम्बू तमोर नदीमा नुहाउनेक्रममा खाल्सा–छिन्ताङ सहिदभूमिअन्तर्गत् त्रिवेणीमा बगेर बेपत्ता भएका हुन् ।

लिम्बू खाल्सा–छिन्ताङ सहिदभूमि गाउँपालिकाको त्रिवेणी प्रहरीचौकीअन्तर्गतको मतदानस्थल सुरक्षाका लागि खटिएका थिए ।

बेपत्ता भएका लिम्बूको खोजी भइरहेको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए ।