Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु


0
Shares

                                                       प्रतीकात्मक तस्वीर

पहिरोबाट अन्य तीन जना घाइते भएका छन् । घरमाथिबाट खेतमा सिंचाईका लागि लगेको कुलो भत्किएर पहिरो जाँदा घर पुरिएको थियो ।

घरमा रहेका ५० वर्षीया कुमारी सोदेम्बा, उनकी १२ वर्षीया नातिनी प्रिती सोदेम्बा र ९ वर्षीय नाति प्रेम सोदेम्बाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले ३६ वर्षीय सोमकुमार सोदेम्बा, २० वर्षीय लोकप्रसाद सोदेम्बा र १५ वर्षीय प्रिया सोदेम्बा घाइते छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम पुर्‍याइएको छ ।

राति २ बजे घरमाथिबाट पहिरो खसेको थियो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।