घर नजिक स्वास्थ्य संस्था नभएको र प्रसूति सेवाका लागि गोरखा सदरमुकाम वा काठमाडौँका अस्पताल पु¥याउनुपर्ने अवस्था रहेपनि हेलिकप्टरको खर्च तिर्नसक्ने परिवारको अवस्था नभएकाले लामाको उद्धार नभएको हो ।
चुम्चेत घर भई काठमाडौँ रहेका धावा ग्याल्जेन लामाले भने, ‘गर्भवती महिलाको अवस्था चिन्ताजनक छ । म हेलिकप्टरको खोजीमा लागिपरेको छु ।’
सुत्केरी बेथा लागेपनि छोर्तेङले बच्चा जन्माउन सकेकी छैनन् । लामाले भने, ‘बच्चा आधामात्रै जन्मिएको छ भन्ने खबर छ । बच्चा बचाउन नसकिए पनि आमा बचाउन पाए हुन्थ्यो ।’
सुत्केरी बेथाले थलिएकी लामाको परिवारसँग जम्मा रु ३० हजार रुपैयाँमात्रै छ । तर, हेलिकप्टर चार्टर गर्न कम्तीमा दुई लाख लाग्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले सुत्केरी बेथाले थलिएकी लामाको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी गरिएको भन्दै हेलिकप्टर खर्च कार्यालयबाट व्यवस्था गरिने जानकारी दिए । (रासस)










प्रतिक्रिया दिनुहोस्