Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


आफैंले बोकेको हतियारबाट प्रहरी सहायक निरीक्षकले गरे आत्महत्या


0
Shares

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोबरेद्धन खत्रीले गएराति आफैंले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेले जानकारी दिए ।

उदयुपुरको त्रियुगा नगरपालिका– ११ जलजले घर भएका प्रहरी सहायक निरीक्षक खत्रीले के कति कारणले आत्महत्या गरेको भन्ने खुल्न नसकेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ । (रासस)