Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


सप्तरीमा बाढीले बिजोगः १५० परिवार उच्च जोखिममा, १२०० कुखुरा बगायो (भिडियो)


0
Shares

बाढीबाट राजविराज नगरपालिकाको वडा नम्बर–९ र १० का साथै मैनाकडेरी, बसबिट्टी, तिलाठी, पौआ, मुसहरनीया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा, मलहनीयालगायतका गाउँ डुबानमा परेका हुन् । गाउँमा बाढी पसेकाले ३ फिटसम्म पानी जमेको छ ।

अकस्मातको बाढीले आधादर्जन फुसका घर भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र अरु सरसमान बगाएको प्रहरीले जनाएको छ । राजविराज–९ र १० का डेढ सय परिवार उच्च जोखिममा छन् ।

एक्कासि आएको बाढीले मलेठस्थित मोहम्मद यासिनको कुखुराफार्ममा रहेका १ हजार २०० कुखुरा र अन्नपात बगाएको छ । मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि जलमग्न भएको छ ।

बाढी औद्योगिक क्षेत्रभित्र पस्दा २० मिटर लामो पर्खाल भत्काउनुका साथै उद्योगभित्र पानी पसेर ठूलो क्षति पुर्‍याएको उद्योगका सन्चालकहरुले बताएका छन् ।

यस्तै, रुपनी गाउँपालिका–२ मा बाढी पस्दा १०० घर डुबानमा परेका छन् । बाढीले सडक कटान गर्दा राजविराज–कुनौली सडकखन्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीकाअनुसार बाढीले जिल्लाका १५०० परिवार प्रभावित भएका छन् ।

यसैबीच, जिल्लाको लौनियाँमा खोलाले बगाएर ल्याएको पहिचान खुल्न नसकेको एक पुरुषको शव प्रहरीले फेलापारेको छ ।

भिडियो हेर्नुहोस्