Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


अवरुद्ध नारायणगढ–मुग्लिन सडकखन्ड खुल्यो


0
Shares

                                                                                 फाइल फोटो
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक खुलाउन नसक्दा हजारौं यात्रीको बिचल्ली भएको थियो ।

पहिरो हटाएपछि शनिबार साँझबाट सडक सुचारु भएको जनाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले अवरुद्ध सडक खुलाउन पाँचओटा एक्साभेटर र लोडर प्रयोग गरिएको जानकारी दिए ।

सडक अवरुद्ध भएपछि काठमाडौं र चितवनतर्फ आउजाउ गर्ने करिब ४ हजार सवारी–साधन र तिनका यात्री सडकमै अलपत्र परेका थिए ।

यसैबीच, नारायणगढ–मुग्लिन सडकखन्डमा पैदल हिँडिरहेका एक यात्री शनिबार चिप्लिएर त्रिशूली नदीमा खस्दा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सर्लाही मदनपुर–६ का २१ वर्षीय भिखारी चौधरी त्रिशूलीमा खसेर बेपत्ता भएका हुन् ।