Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


काठमाडौंबाट नवलपरासीतर्फ जन्ती गइरहेका एकजना त्रिशूलीमा खसेर बेपत्ता


0
Shares

बिवाहका लागि काठमाडौंबाट नवलपरासीको दलदले आउँदै गरेको लु१ख ९८८१ नम्बरको गाडीमा सवार जन्तीसँगै रहेका करिब ४५ वर्षीय रञ्जन चापागार्इं सडकछेउबाट आज चिप्लिएर त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बिहान ५ः४५ मिनेटको समयमा लडेका उनको अवस्था अज्ञात छ । जाम परेर गाडी रोकिएका बेला बाहिर निस्किएका उनी सडकछेउबाट चिप्लिएर लडेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार उनी पिसाब फेर्न लाग्दा लडेको अनुमान गरिएको छ । अहिले उनको खोजी भइरहेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । घटनास्थल मुग्लिन र कुरिनटारको बीचमा पर्छ ।

यसअघि, शुक्रबार र शनिबार पनि कालीखोला नजिकै चिप्लिएर लड्दा एक जनाको पहिरोमा परेर मृत्यु भएको थियो भने अर्का एकजना बेपत्ता नै छन् । (रासस)