
मतगणना अव्यवस्थित भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधि गणनास्थलमा नबसेपछि मतगणना अबरुद्ध भएको हो । धरानको ८ नम्बर वडाको मतगणना सकिएलगत्तै कांग्रेसले मतगणनास्थललाई व्यवस्थित गर्न माग गरेको हो ।
मतगणनालाई सुचारु गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । धरानको १, २ र ५ नम्बर वडामा नेपाली कांग्रेसले जित हात पारेको छ भने ३, ४, ६, ७ र ८ मा नेकपा एमालेले विजय हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्