११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


आजदेखि नेपाली आकाशको अडिट हुँदै


0
Shares

आएकाओको दुई सदस्यीय टोलीले मंगलबार (आज) देखि नेपाली आकाशको अडिट सुरु गर्ने छ । टोलीले मंगलबारदेखि असार २७ सम्म नागरिक उड्डयन प्राधिकरणसहित केही एयरलाइन्सहरुको अडिट गर्ने कार्यक्रम छ ।

आइकाओका क्याप्टेन भोउड्री युजेनी र एरोनटिकल इञ्जिनियर एडमण्ड बोहल्याण्ड अडिटका लागि नेपाल आएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए । पछिल्ला केही वर्षदेखि आइकाओले नेपाललाई ‘सिग्निफिकेन्ट सेफ्टी कन्सर्न’ (एसएससी) सूचिमा राखेको छ ।

नेपाल आएको टोलीको अडिटपछि एसएससी हट्यो भने प्राधिकरणले युरोपेली आयोगलाई उनीहरुको ‘हवाई सुरक्षा सूची’ बाट नेपाललाई हटाउन आग्रह गर्नेछ । –कारोबार दैनिकबाट