इंग्लण्डमा जारी वर्षको तेस्रो ग्राण्ड स्लाम अन्तर्गत हिजो भएको खेलमा जोन मिलमानलाई ६-१, ६-३ र ६-२ ले हराँउदै नदाल दोस्रो चणमा प्रवेश गरेका हुन् । दोस्रो चरणमा नदालले अमेरीकी खेलाडी डोनाल्ड योङसँग खेल्नेछन् ।
उता पाँचौ वरियताका स्विस खेलाडी स्टानिस्लास वावरिन्का भने पहिलो खेलमै पराजित भएका छन् । वावरिन्कालाई रुसका डानिल मेदभेदेभले ६-४, ३-६, ६-४ र ६-१ ले हराएका हुन् ।
विम्बल्डन टेनिस अन्तर्गत पहिलो चरणका अन्य खेलहरुमा विजयी हुँदै ब्रिटेनका एण्डी मरे र फ्रान्सका जो विल्फ्रेड सोङ्गा पनि दोस्रो चरणमा पुगेका छन् ।





प्रतिक्रिया दिनुहोस्