Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


भारतमा यु–१९ क्रिकेट टोलीको सुखद् सुरुआत, पहिलो अभ्यास खेलमा १२१ रनको जित


0
Shares

गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २५० रन बनायो ।

वर्षाले गर्दा ४० ओभरमा झारिएको खेलमा नेपालका लागि प्रनित थापामगरले ८७ रन बनाए । त्यस्तै, अनिलकुमार शाहले ३४ बलमा ५० रनको योगदान दिए । सोनु गुज्जारले ३ विकेट लिए ।

जवाफमा फ्रेन्ड्सले ३२ ओभरमा अलआउट हुँदै १२९ रनमात्र बनाउन सक्यो ।

कसिलो बलिङ गर्नेक्रममा शहाब आलमले १३ रन खर्चेर ३ तथा रोहितकुमार पौडेल र सन्दीप लामिछानेले २/२ विकेट लिए ।