Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


यु–१९ क्रिकेट टोलीको अभ्यास खेलमा लगातार दोस्रो जित, गुरुग्रामलाई २४९ रनले हरायो


0
Shares

पहिलो खेलमा मंगलबार फ्रेन्ड्स स्पोर्टस् एकेडेमीलाई १२१ रनले हराएको नेपालले दोस्रो खेलमा बुधबार गुरुग्राम स्पोर्टस् क्लबलाई २४९ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।

गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा भएको दोस्रो अभ्यास खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा ३३८ रन बनाएको थियो ।

अदिल खानले ७५, सन्दीप सुनारले ५८ तथा दीपेन्द्रसिंह ऐरीले ४८ रन बनाएको इनिङमा पवन सर्राफले २२ बलमा ४७ रन जोडे । नेपालले ४२ रन अतिरिक्तकारुपमा पाएको थियो ।

जवाफमा गुरुग्रामले २९ ओभर १ बल क्रिजमा टिकेर अलआउट हुँदै जम्मा ८९ रनमात्र बनाउन सक्यो ।

कसिलो बलिङ गर्नेक्रममा अलराउन्डर पवनले ६ ओभरमा २ मेडन राख्दै १८ रन खर्चेर ४ विकेट लिए ।

त्यसैगरी, विक्रमकुमार भुषाल र रोहितकुमार पौडेलले २/२ विकेट झारे ।

नेपाली टिम दुई सातादेखि भारतमा अभ्यास खेलसँगै प्रशिक्षणरत् छ ।