Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


सरकारी कार्यालय सारिएको विरोधमा नयाँ शक्तिको अगुवाईमा हस्ताक्षर संकलन


0
Shares

भैरहवा, माघ १८ । रुपन्देहीको भैरहवामा रहेका सरकारी कार्यालय सारिएको विरोधमा नयाँ शक्ति पार्टी नेपालले हस्ताक्षर अभियान थालेको छ ।

राजनीतिक शक्तिको आडमा भैरहवाका सरकारी कार्यालयहरु बुटवल तथा तिलोत्तमा क्षेत्रमा सारिएकोमा आपत्ति जनाउँदै नयाँ शक्ति पार्टीको अगुवाईमा हस्ताक्षर अभियान थालिएको हो । केही समय अघि निकै तामझामका साथ भैरहवामा स्थापना गरिएका निर्देशनालयहरु थाहै नदिई सारिएपछि भैरहवाबासीले आक्रोस पोख्दै पुनःस्थापनाका लागि अभियान थालेका हुन् ।

जिल्ला कृषि विकास कार्यालयमा रहेको कृषि विकास निर्देशनालय र पुशपंक्षी तथा मत्स्य विकास निर्देशनालय भैरहवामै रहनुपर्ने माग उनीहरुले गरेका छन् ।

नयाँ शक्ति पार्टी नेपालले विरोध एवं हस्ताक्षर अभियान थाले पनि यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने अन्य सांसद एवं स्थानीय तहका प्रमुखहरुले समेत साथ दिएका छन् । प्रदेश नं. ५ का सांसद सन्तोष पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, वडाअध्यक्षहरु, विभिन्न दलका नेता, समाजसेवी, उद्योगी, व्यवसायी, सर्वसाधारणलगायतले हस्ताक्षर गरेका छन् ।