Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


भेनेजुयलाबारे सरकारी धारणाबाट अमेरिका आश्वस्त भएन


0
Shares

काठमाडौं, माघ १८ । भेनेजुयलामा उत्पन्न संकटबारे सरकारले सार्वजनिक गरेको धारणाबाट अमेरिका आश्वस्त हुन सकेको छैन ।

भेनेजुयलामा उत्पन्न आन्तरिक संकटप्रति अमेरिकाको भूमिकालाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षमध्येका एक पुष्पकमल दाहालले कडा टिप्पणी गरेका थिए । त्यसको केही दिनपछि सरकारले आधिकारिक धारणा सार्वजनिक गरे पनि अमेरिका आश्वस्त हुन नसकेको कुटनीतिक स्रोत बताउँछ ।

सत्तारुढ दल नेकपाको विज्ञप्तिबाट चिढिएको अमेरिका सरकारको लचिलो धारणा आएपछि आश्वस्त हुने अनुमान गरिएको थियो । –नागरिक दैनिकबाट