Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


कडा विरोध गर्छौं : देउवा, डा. केसीको नेतृत्वमा लडाइँ अघि बढाउँछौं : थापा


0
Shares

काठमाडौं, माघ १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदीय मर्यादा उल्लंघन गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको आरोप लगाएका छन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै २३ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई भेट्न बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका देउवाले वार्ता नै नगरी जबर्जस्ती संसदबाट विधेयक पारित गरेकाले यसको कडा विरोध गर्ने बताए ।

देउवासित डा. केसीलाई भेट्न अस्पताल पुगेका कांग्रेस नेता गगन थापाले डा. केसी मरे मरुन् भन्ने मनसायले विधेयक पारित गरिएको भन्दै डा. केसीलाई उठाएर उनकै नेतृत्वमा यो लडाइँ अघि बढाइने बताए ।

डा. केसी अनशनमा छन् भन्ने यथार्थलाई स्वीकार नगरी विधेयक पारित गर्नुभन्दा ठूलो संवेदनहीनता अरु केही हुन नसक्ने थापाको भनाइ थियो ।