
दमौलीदेखि नेपालगञ्ज हुँदै बिर्तामोड, चितवन, पोखरा, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरीसम्मको टुर सकाएर फर्किए लगत्तै काठमाडौंमा प्रचारको पृथक कार्यक्रमको तयारी थालेको छ ।
दुई साता लामो टुर सकेर फर्किएको टोलीले अब काठमाडौं, ललितपुर र भक्तपुरमा कन्सर्ट गर्ने जनाएको छ ।
‘हामी वास्तविक दर्शकसामु पुग्न चाहन्थ्यौं’ निर्माता एवम् अभिनेता सन्तोष सेन भने, ‘एघार सहरमा हामीले एउटै मन पायौं । दर्शक प्रेम गीतबाट स्तरीय मनोरन्जन चाहन्छन् ।’
कार्यक्रमको सिलसिलामा अभिनेता प्रदीप खड्का र अश्लेषा ठकुरीसँग सयौं सेल्फी खिचिए । ‘रियल दर्शकसँग घोलिन पाएँ’ प्रदीपले सुनाए ।
अश्लेषा ठकुरीले मोफसलको यात्राले निकै जान्ने, सिक्ने र समाज पढ्ने मौका मिलेको बताइन् ।
१३ साउनबाट प्रदर्शनमा आउने चलचित्र रामशरण पाठकले निर्देशन गरेका हुन् ।
नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको सिनेमाले तत्कालिन बर्मा र जापानबीचको युद्धको कथा बोल्छ ।
प्रेम र यात्राका विभिन्न आरोह र अवरोहलाई समेट्दै युवायुवतीलाई केन्द्रमा राखेर बनाइएको चलचित्रमा रोमान्चक दृश्य देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्