Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


कप्तान विमल भन्छन्–‘बंगलादेशविरुद्ध नेपालले राम्रो प्रदर्शन गर्छ’


0
Shares

युएईमा आगामी शनिबारदेखि हुने एएफसी च्याम्पियनसिप छनोट चरणको तयारीमा रहेका नेपाल र बंगलादेशबीच मंगलबार दिउँसो ३ बजे एन्फा कम्प्लेस सातदोबाटोमा मैत्रीपूर्ण खेल हुँदैछ ।

सोमबार खेलपूर्वको पत्रकार सम्मेलनमा बोल्दै विमलले बंगलादेशविरुद्धको खेलले आफूहरुलाई कमजोरी पत्ता लगाइ सुधार गर्न मद्दत गर्ने बताए ।

यस्तै, बंगलादेशका कप्तान सोहेल रानाले नेपाल र बंगलादेश एउटै स्तरको टोली भएकाले एएफसी च्याम्पियनसिप छनोटको तयारीमा हुने मैत्रीपूर्ण खेल निकै उपयोगी हुने तर्क गरे ।

यसअघि, भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।

मंगलबारको खेलको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । योपटक टिकटको बिक्री इ–सेवाबाट भइरहेको छ ।

एएफसी च्याम्पियनसिपको समूह ‘डी’मा रहेको नेपालले शनिबार आयोजक युएईसँग खेल्नेछ । त्यस्तै, साउन २ गते उज्वेकिस्तान र साउन ४ गते लेबननसँग खेल्नेछ ।