
काठमाडौं, असार १९ । अस्ट्रेलियामा अडिलेडका क्याथोलिक पादरी फिलिप विल्सनलाई बाल यौन दूराचारको अभियोगमा कम्तिमा १२ महिनाको नजरबन्दको सजाय सुनाइएको छ ।
विल्सन यस्तो अपराधमा दोषी पाइएका विश्व कै सबैभन्दा शीर्ष पादरी हुन् । गत महिना मात्र अदालतले उनलाई सन् १९७० को उक्त घटनामा दोषी ठहर गरेको थियो
अदालतले उनलाई घरमै नजरबन्दमा राख्ने गरी पक्राउ गर्न आदेश दिएको छ । विल्सन सजाय काट्न जेल जान नपर्ने हुन सक्ने अनुमान गरिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्