Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


देशले शान्ति र स्थायित्व पाउन सकेन : कमल थापा


0
Shares

काठमाडौं, माघ १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहिदहरुको बलिदानअनुरुप देशका जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताएका छन् ।

सहिद दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नयाँ संविधान र बलियो सरकार आएपनि देशले शान्ति र स्थायित्व पाउन नसकेको टिप्पणी गरे ।

विद्यमान भ्रस्टाचार र लुटतन्त्र मेटिइ सुशासन लागू भएमात्र सहिदहरुप्रति सच्चा श्रद्धाञ्जलि हुने अध्यक्ष थापाले प्रस्ट पारे ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध सहिद परिवारलाई सम्मान गरिएको थियो ।