
चिडियाघरमा रहेको दुईवटा पाटेबाघ कान्छा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् ।
बाघलाई आहाराका रुपमा हरेक दिन ११ देखि १२ बजेसम्म ६÷६ केजीको दरले १२ केजी राँगाको ताजा मासु दिने गरिएको जीवकिपर बाबुकाजी महर्जन बताउँछन् ।
सातामा ६ दिन नियमित दिए पनि शनिबार दुवै बाघलाई निराहार राखिने गरेको छ । ३८ वर्षदेखि जीवकिपरको काम गर्दै आएका महर्जन भन्छन्, ‘उनीहरुको पाचन प्रणाली तथा स्वास्थ्यका लागि सातामा एक दिन निराहार राख्ने गरिएको छ ।’ –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्