काठमाडौं, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि हातेमालो गरी अघि बढ्न आह्वान गरेका छन् ।
सहिद दिवसका अवसरमा सहिद स्मारक लैनचौरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षा र मुलुकको विकास गर्न सरकार प्रतिबद्ध रहेको भन्दै सबैलाई हातेमालो गर्न आह्वान गरे ।
उनले अधिकारका लागि अब कोहीपनि सहिद हुन नपर्नेसमेत बताए ।
प्रधानमन्त्री ओलीले मुलुकका लागि सहिदहरुले आफ्नो जीवन नै आहुति दिएको भन्दै अरु केही नसके पनि लोभ त्याग्न भने सक्नुपर्ने बताए ।
उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याए ।
प्रधानमन्त्री ओलीले अब सुशासन र आर्थिक विकासमार्फत् देशलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।
नेपाललाई प्रकृतिले सम्पन्न र धनी देश बनाएको भन्दै उनले तिनै सम्पदाको प्रयोग गरेर समृद्ध मुलुक बनाउने अठोट व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्