Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


भेनस विलियम्स विम्बल्डन टेनिसको फाइनलमा, मुगुरुजासँग उपाधि भिडन्त


0
Shares

विहीबार भएको सेमिफाइनल खेलमा ब्रिटिश खेलाडी योहाना कोन्टालाई हराँउदै भेनस फाइनलमा पुगेकी हुन् ।

कोन्टा विरुद्धको खेल भेनसले ६-४ र ६-२ को सोझो सेटमा जितिन् ।

पाँच पटककी विम्बल्डन च्याम्पियन भेनस समग्र करियरमा भने नवौं ग्रान्डस्लाम उपाधिको खोजीमा छिन् ।

भेनस विलियम्सले अब उपाधिको लागि स्पेनकी गार्बिने मुगुरुजासँग खेल्नेछीन् ।

सेमीफाईनलमा स्लोभाकियाकी माग्दालिना रिबारीकोभालाई हराँउदै मुगुरुजा फाईनलमा पुगेकी हुन् ।

रिबारीकोभा विरुद्धको खेल मुगुरुजाले ६-१ र ६-१ को सोझो सेटमा जितिन् ।

विम्बल्डन टेनिसको पुरुष एकलतर्फका सेमिफाईनल खेलहरु आज हुनेछन् ।

आज स्विस खेलाडी रोजर फेडेररले चेक गणतन्त्रका टामस बर्डीचसँग खेल्दा क्रोएसियाका मारिन सिलिच र अमेरिकाका साम क्वेरे भिड्नेछन् ।